वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्प बनाउने अभियान, इटहरीबाट सुरु हुँदै सात दिने सीप तथा रोजगार मेला
काठमाण्डौ । सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्ने नीतिअनुसार स्वदेशमै सीप, रोजगारी र उद्यमका अवसर विस्तार गर्ने अभियानलाई तीव्र बनाएको छ।आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा घोषणा गरिएको ‘रोजगार प्रवर्द्धन दशक (२०८३–२०९२)’ लाई कार्यान्वयनमा लैजान सरकारले चरणबद्ध कार्यक्रम अघि बढाएको हो।युवा जनशक्तिको ऊर्जा, सीप र क्षमतालाई स्वदेशमै...

