नेपाल सेल्स मिसन कोलकताः व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड
काठमाण्डौ। पश्चिम बंगालबाट नेपालतर्फ पर्यटक आगमन बढाउने र पर्यटन व्यापारिक साझेदारीलाई थप सुदृढ बनाउने लक्ष्यसहित कोलकातामा आयोजित नेपाल सेल्स मिसन सफलतापूर्वक सम्पन्न भएको छ । मिसनका क्रममा भएको बी–टु–बी नेटवर्किङ कार्यक्रममा पश्चिम बंगालका अग्रणी ट्राभल तथा टुर अपरेटर, पर्यटन व्यवसायी, सञ्चारकर्मी र कूटनीतिक समुदायका प्रतिनिधिसहित करिब २०० जनाको सहभागिता रहेको...

