वायु सेवा निगमले असोज ९ गतेदेखि काठमाण्डौ–ग्वाञ्जाओ सिधा उडान गर्ने
काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलोपटक काठमाण्डाचै–ग्वाञ्जाओ–काठमाण्डौ उडान सेवा सुरु गर्ने भएको हो ।उडानका लागि सबै प्राविधिक तयारी पूरा गरिसकेको निगमले ग्वाञ्जाओ उडानका लागि अनुमति पाइसकेको छ । निगमले हरेक हप्ता तीनवटा नियमित उडान भर्ने तालिका तय गरेको छ ।

