काठमाण्डौ । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८०/८१ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजीको ३ प्रतिशत बोनस सेयर ४ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिेनछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।