काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २ सय मूल्यले बढेको सुनको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।