काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.१० प्रतिशत अर्थात २८.४२ डलरले बढेको हो ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६२३ डलर पुगेको छ । अमेरिकी डलरको भाउमा आएको गिरावट र अमेरिकी ट्रेजरीको प्रतिफलमा आएको कमीका कारण सुनको मूल्य बढेको हो ।
यस्तै हालै प्रकाशित प्रतिवेदनअनुसार अमेरिकी मुद्रास्फिीतिमा कमी देखिएका कारण समेत सुनको मूल्य प्रभावित बनेको छ ।
ै पछिल्लो कारोबारमा चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.५० डलरले बढेर प्रतिऔंस २९.४९ डलरमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।