काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबार ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ७५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।