काठमाण्डौ । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य यथावत रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्यमा कुनै थपघट भएको छैन ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।
हिजो पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि हिजो कै मूल्य अर्थात १ हजार ४१० रुपैयाँ मै कारोबार भईहरको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।