सोमबार, श्रावण १८,२०८३ 02:24:55
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:24:55
Bizshala
Global IME Bank Limited

सोनी र जी इन्टरटेनमेन्टले फेरी सुरु गरे मर्जरको प्रक्रिया,कम्पनीको सेयरमूल्यमा उछाल

सोनी र जी इन्टरटेनमेन्टले फेरी सुरु गरे मर्जरको प्रक्रिया,कम्पनीको सेयरमूल्यमा उछाल
New Office

काठमाण्डौ । भारतीय मनोरञ्जन कम्पनी जी इन्टरटेनमेन्ट  र सोनी ग्रुपबीच १० अर्ब डलरको मर्जर योजनालाई बचाउने विषयमा पुनःछलफल सुरु भएको छ ।  

यो मर्जरको प्रस्तावलाई सोनी ग्रुपले गत जनवरी २२ मा रद्द गरको थियो । मर्जर सम्बन्धी मतभेदलाई हटाउन र ४८ घण्टाभित्र सहमतिमा पुग्न दुई कम्पनीले बितेका १५ दिनमा कयौँ पटक बैठक आयोजना गरेको जनाइएको छ । रिपोर्टका अनुसार जी इन्टरटेन्मेन्टका एमडी तथा सीईओ पुनीत गायनकाले मर्जरपश्चात बन्ने कम्पनीको सीईओ नबन्ने सोनीको मागलाई स्विकार गरेका छन् ।  

उता सोनीले गोयनका कम्पनीको राम्रो सल्लाहकार बन्न सक्ने जनाएको छ । तथापी अहिलेसम्म दुवै कम्पनीबाट यसबारे कुनै पनि आधिकारीक धारणा भने आईसकेको छैन ।  

यी दुई कम्पनीले मर्जरको योजनालाई पुनःअघि बढाएको खबर बाहिरिएसँगै जी इन्टरटेनमेन्टको सेयरमूल्यमा उछाल आएको छ । यो खबर आएसँगै कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।  

सोनीले भारतमा आफ्नो व्यवसायलाई राम्रो ढंगले सञ्चालन गर्न सकिरहेको थिएन र जी इन्टरटेनमेन्ट पनि ऋणमा डुबेको थियो । यहि कारण यी दुई कम्पनीले मर्जरमा जाने योजना बनाएका थिए ।  

सोनीले भारतमा सन् १९९५ मा आफ्नो पहिलो टीभी च्यानल लञ्च गरेको थियो भने जी इन्टरटेन्मेन्टले सन् १९९५ मा आफ्नो पहिलो च्यानल लञ्च गरेको थियो ।  

सन् २०२१ मा जापानको सोनी कर्पको सहायक कम्पनी सोनी पिक्चर्स नेटवर्क इण्डियासँग मर्जरेको घोषणा गरेको थियो । तर विरोधका कारण त्यो मर्जर सम्भव हुन सकेन ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.