काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको मूल्य आज ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।