सोमबार, श्रावण १८,२०८३ 02:28:15
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:28:15
Bizshala
Global IME Bank Limited

सुनको मूल्य १८ डलरले बढ्यो, सन् २०२५ मा प्रतिऔंस ३ हजार डलरसम्म पुग्ने आँकलन

सुनको मूल्य १८ डलरले बढ्यो, सन् २०२५ मा प्रतिऔंस ३ हजार डलरसम्म पुग्ने आँकलन
New Office

काठमाण्डौ । पछिल्लो कारोबारमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.७० प्रतिशत अर्थात १८.२५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६२४ डलर कायम भएको छ ।  

सन् २०२४ सुनका लागि विशेष रह्यो । यो वर्ष सुन सबैभन्दा राम्रो प्रदर्शन गर्ने सम्पत्तिको रुपमा रह्यो । सन् २०२४ मा सुनको मूल्य २६ प्रतिशतले बढ्यो । जुन सन् २०१० पछिकै उच्च वार्षिक वृद्धि हो । गत अक्टोबर ३१ का दिन सुनको मूल्य प्रतिऔंस २ हजार ७९०.१५ डलरको हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।  

यो वर्ष सुनको मूल्यले धेरैपटक रेकर्ड ब्रेक गर्यो ।  

बढ्दो विश्व भू–राजनीतिक तनाव,केन्द्रीय बैंकहरुमा उच्च माग, विश्वका केनद्रीय बैंकहरुको खुकुलो मौद्रिक नीति र गोल्ड लिंक्ड एक्सचेञ्ज ट्रेडेड कमोडिटिज(ईटीसी)मा लगानी बढेसँगै सन् २०२४ मा सुनको मूल्यमा उछाल देखिएको हो ।  

डलरको बढ्दो मूल्य र अमेरिकी केनद्रीय बैंकले ब्याजदरमा थोरै कटौती गर्ने सम्भावना भएपनि सन् २०२५ मा सुनको मूल्यले थप उचाई लिने विश्लेषकले बताएका छन् । विश्लेषकहरुले सन् २०२५ मा सुनको मूल्य प्रतिऔंस ३ हजार डलरसम्म पुग्न सक्ने आँकलन गरेका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.