काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन १ हजार रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५१ हजार रुपैयाँ निर्धारण भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै आज चाँदीको भाउ भो स्थिर रहेको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।