काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य आज ०.३२ प्रतिशत अर्थात ८.५० डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ६३२ डलरमा कारोबार भईरहेको छ ।
यस्तै आज चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ । चाँदीको मूल्य ०.४४ डलरले बढ्दै प्रतिऔंस २९.२८ डलरमा कारोबार भईरहेको छ ।
नेपाली बजारमा भने सुनको मूल्य प्रतितोला १ लाख ५० हजार र चाँदीको १ हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।