काठमाण्डौ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५१ हजार ५ सयमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८१० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।