काठमाण्डौ । आज सुनको मूल्य घटेको छ । घरेलु बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ ।
यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार भने सुनको मूल्य २ हजार रुपैयाँले बढेको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । चाँदीको मूल्य आज गत शुक्रबारकै मूल्य अर्थात प्रतितोला १ हजार ८१० रुपैयाँमै कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।