सोमबार, श्रावण १८,२०८३ 02:05:16
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:05:16
Bizshala
Global IME Bank Limited

नेपाली बजारमा सामसङको नयाँ बिस्पोक एआई वाशिंग मेशिन सार्वजनिक

नेपाली बजारमा सामसङको नयाँ बिस्पोक एआई वाशिंग मेशिन सार्वजनिक
New Office

काठमाण्डौ । सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई–वाश, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको

आफ्नो नयाँ बिस्पोक वाशिंग मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ ।

स्मार्ट थिंगस् एपद्वारा स्मार्टफोनको मार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वाशिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँने कम्पनीले जनाएको छ । यसका

साथै,  धुलाईको किसिमलाई बुझी एआई पर्सन्लाइजेसन् सुविधाले तपाईँको लागि उपयुक्त धुलाई साइकल पनि सुझाउँने कम्पनीले उल्लेख गरेको छ । यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई तपाईँको घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ ।

यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई ब्रिधि गरी गहिराईलाई ६०० एमएममा राखेर, कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ । यो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस, र लुगाको सफाईलाई प्राथमिकता दिने कम्पनीले जनाएको छ । दक्षता, दिगोपन, र राम्रो अनुभवमा केन्द्रित भएर,यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.