सोमबार, श्रावण १८,२०८३ 02:27:51
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:27:51
Bizshala
Global IME Bank Limited

चीनमा विदेशी मोबाइलको बिक्रीमा ४७% को गिरावट, एप्पलमाथि दबाब

चीनमा विदेशी मोबाइलको बिक्रीमा ४७% को गिरावट, एप्पलमाथि दबाब
New Office

काठमाण्डौ । चीनमा विदेशी मोबाइल फोनको बिक्रीमा उल्लेख्य कमी आएको छ । गत शुक्रबार जारी गरिएको आँकडाअनुसार गत नोभेम्बर महिनामा चीनमा विदेशी ब्राण्डका मोबाइल फोनको बिक्रीमा ४७.४ प्रतिशतको गिरावट आएको देखिएको हो ।  

नोभेम्बर महिनामा चीनमा ३० लाख ४० हजार विदेशी मोबाइल फोन बिक्री भएका थिए । जुन सन् २०२३ को सोही अवधिको तुलनामा ४७.४ प्रतिशतले कम हो । यस्तै यो परिणाम गत वर्षको अक्टोबर महिनाको तुलनामा भने ५१ प्रतिशतले कम हो ।  

यो आँकडाले विश्वको सबैभन्दा ठूलो स्मर्टफोन बजार चीनमा एप्पललाई दबाब सिर्जना गरेको जनाइएको छ । चीनमा एप्पललाई स्थानिय ब्राण्डहरुसँग प्रतिष्पर्धा गर्न कठिनाई भईरहेको समेत जनाइएको छ ।  

अमेरिकाले प्रतिबन्ध लगाएको चिनियाँ ब्राण्ड हुवावेले सन् २०२३ मा पुनरागमन गर्दै उच्च प्रविधियुक्त मोबाइल लञ्च गरेको छ । यससँगै कम्पनी स्थानिय खरिदकर्ताबीच लोकप्रिय ब्राण्डका रुपमा स्थापित भएको छ ।  

एप्पलले गत सेप्टेम्बरमा लञ्च गरेको आईफोन १६ सिरिजले चिनियाँ बजारमा गति लिन सहयोग गर्ने विश्वास लिएको छ । कम्पनीले यी सिरिजमा एप्पल इन्टिलिजेन्स सफ्टवेयरमार्फत नयाँ एआई फिर्चस थप्ने प्रतिवद्धता जनाएको छ । यद्यपी चीनको एआईसँग सम्बन्धित कठिन नियम कानूनका कारण एप्पल इन्टिलिजेन्स चीनमा हालसम्म उपलब्ध हुन सकेको छैन ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.