काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।
बैंकले एक सूचना जारी गर्दै आव २०७४/७५ को साधारण सभाबाट पारित भएको ५ वर्ष पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो । सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार सिटिजन्स क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।
यसका साथै बैंकले हितग्राही खाता नखोलेका सेयरधनीहरुलाई हितग्राही खाता खोल्न र भोतिक सेयर अभौतिकिकरण गर्न बाँकी भएमा अभौतिकिरण गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । अन्यथा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।