IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 05:16:35
IME remit
Global IME Bank Limited

साना किसान विकास लघुवित्तको लाभांश पारित

Hyundai Nepal
साना किसान विकास लघुवित्तको लाभांश पारित
Shivam Cement

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको लाभांश पारित भएको छ । पुस २३ गते भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्रमा सम्पन्न भएको २३ औँ वार्षिक साधारण सभाबाट १४ प्रतिशत लाभांश पारित भएको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गरेको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १४ प्रतिशत लाभांशको प्रस्ताव पारित भएको हो । यस्तै यस संस्थाको जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, आव २०८०/८१ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने,  प्रबन्धपत्र संशोधन सम्बन्धमा नियामक निकायबाट स्वीकृत गराउनको लागि आवश्यकता अनुसार सोमा थपघट परिमार्जन, संशोधन तथा सच्याउनको लागि निर्देशन अनुसार गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने जस्ता विशेष प्रस्ताव समेत पारित भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आव २०८०/८१ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक पदमा नियुक्तीको प्रस्ताव पारित भएको छ । 

संस्थाले आर्थिक वर्ष २०७९/८० मा रु. ७७ करोड ३५ लाख खुद मुनाफा आर्जन गरेकोमा आव वर्ष २०८०/८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा रु. ९२ करोड १९ लाख पुगेको छ । यसैगरी आ.व २०७९÷८० मा कुल सञ्चालन आम्दानी रु.१ अर्ब ६६ करोड ९५ लाख रहेकोमा आव. २०८०/८१ मा ३१ प्रतिशतले वृद्धि भई रु.२ अर्ब १९ करोड ४१ लाख पुगेको छ ।

यस वित्तीय संस्थाको देशका ७७ जिल्लाका ५४६ स्थानीय तहहरुमा जम्मा १ हजार ६९२ साझेदार संस्था आवद्ध रहेका छन् ।

१२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पुर्याउन सफल यस संस्थामा दलित १२%, जनजाति ३४% र अन्यको ५४% रहेकोमा महिला सहभागिता ८०% रहेको छ ।

 

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.