सोमबार, श्रावण १८,२०८३ 03:42:59
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:42:59
Bizshala
Global IME Bank Limited

सुनको मूल्य १७ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?

सुनको मूल्य १७ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
New Office

काठमाण्डौ । आजको कारोबारमा सुनको मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य ०.६४ प्रतिशत अर्थात १७.०२ डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ६७३ डलरमा कारोबार भईरहेको छ ।  

बिहिबारको कारोबारमा सुनको मूल्य ४ साताकै उच्च नजिक पुगेको थियो । त्यसदिन सुनको मूल्य २ हजार ६८९ डलरसम्म पुगेको थियो । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्ने मिति मिति नजिकिएसँगै लगानीकर्तामा ट्रम्पले अबलम्बन गर्ने नीतिले अर्थतन्त्र र मुद्रास्फितीमा पार्नसक्ने प्रभावका विषयमा चासो बढेकाले सुनको मूल्यमा वृद्धि देखिएको हो । ट्रम्पले यही जनवरी २० मा राष्ट्रपतिको रुपमा आफ्नो दोस्रो कार्यकाल सम्हाल्दै छन् ।  

यद्यपी डलरको बढ्दो मूल्यका कारण भने सुनको मूल्य केही दिनयता खासै बढ्न सकिरहेको थिएन ।  

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य आज ०.२६ डलरले बढ्दै प्रतिऔंस ३०.२८ डलर कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.