सोमबार, श्रावण १८,२०८३ 03:43:09
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:43:09
Bizshala
Global IME Bank Limited

अमेरिकामा लागेको आगलागीका कारण बीमा कम्पनीलाई ८ देखि २० अर्ब डलर घाटा हुने अनुमान

अमेरिकामा लागेको आगलागीका कारण बीमा कम्पनीलाई ८ देखि २० अर्ब डलर घाटा हुने अनुमान
New Office

काठमाण्डौ । अमेरिकाको दक्षिण क्यालिफोर्निया मा लागेको भिषण आगलागीका कारण बीमा क्षेत्रमा भारी मात्रामा दाबी पर्ने भएको छ । हालसम्म पनि आगलागी नियन्त्रणमा आउन नसक्दा बीमाको दाबी रकम झन झनै बढ्दै गएको छ ।  

आगलागीका कारण हालसम्म बीमा कम्पनीहरुरलाई ८ देखि २० अर्ब डलरसम्म घाटा लागेको जनाइएको छ । बिहिबार बिहानसम्मको आँकडाअनुसार आगलागीमा परी १३ सय वटा भौतिक संरचनाहरु ध्वस्त भएका छन् ।

यद्यपी प्यासेफिक टाइम्सले भने २ हजार भन्दा बढी संरचनाहरु ध्वस्त भएको जनाएको छ । यस्तै हजारौं संरचनाहरु उच्च जोखिममा रहेको जनाइएको छ ।  

हालसम्म आगलागी ४५ वर्ग माइल क्षेत्रफलमा फैलिएको छ र १ लाख ८० हजारलाई सुरक्षित स्थानमा लगिएको छ । आगलागीमा परी हालसम्म ५ जनाको मृत्यु भईसकेको छ ।  

तीव्र वेगमा चलिरहेको हावाका कारण आगो झनै फैलिरहेको छ । एक्युवेदरले बुधबार गरेको प्रारम्भिक प्रक्षेपण अनुसार आगलागीका कारण ५२ अर्ब देखि ५७ अर्ब डलरसम्म आर्थिक क्षति पुगेको छ । बिहिबार भने एक्युवेदरले यो आँकडा १३५ अर्ब देखि १५० अर्ब डलरसम्म पुगेको जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.