सोमबार, श्रावण १८,२०८३ 02:05:28
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:05:28
Bizshala
Global IME Bank Limited

सर्वोत्तम सिमेन्टको एजीएमद्वारा १०% लाभांश पारित, चुक्तापूँजी बढेर कति पुग्यो ?

सर्वोत्तम सिमेन्टको एजीएमद्वारा १०% लाभांश पारित, चुक्तापूँजी बढेर कति पुग्यो ?
New Office

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमीटेडले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  

कम्पनीको पुस २६, २०८१ मा रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न छैठौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । 

प्रस्तावित लाभांशमध्ये ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) रहेको छ । जसअनुसार कम्पनीले ३२ करोड ५५ लाख रुपैयाँ बराबरको बोनस सेयर र १३ करोड ९५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।  

हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर ५ अर्ब ३० करोड १० लाखको उचाईमा पुग्नेछ । 

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/०८१ को वित्तीय विवरण,आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्ताव लगायतका अजेण्डा पारित गरेको कम्पनीले जनाएको छ।  

सर्वोत्तम सिमेन्ट कम्पनी सेयर बजारमा सूचीकृत सिमेन्ट कम्पनीमध्ये सबैभन्दा बढी दोश्रो बजार मूल्य भएको कम्पनी हो । यसको प्रतिसेयर अन्तिम बिक्रीमूल्य प्रतिकित्ता ७५४ रुपैयाँ रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.