काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य प्रतिऔंस ०.६७ प्रतिशत अर्थात १८.०२ डलरले बढेको छ ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६८९ डलरमा कारोबार भईरहेको छ । यो मूल्य गत डिसेम्बर १२ पछिकै उच्च हो । एक साताको अवधिमा सुनको मूल्य १.७ प्रतिशतले बढेको छ ।
पछिल्लो कारोबारमा चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.२४ डलरले बढ्दै प्रतिऔंस ३०.४१ डलर कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।