सोमबार, श्रावण १८,२०८३ 02:03:01
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:03:01
Bizshala
Global IME Bank Limited

ज्योति क्यापिटलको साधारण सभा सम्पन्न, ३.१६% नगद लाभांश पारित

ज्योति क्यापिटलको साधारण सभा सम्पन्न, ३.१६% नगद लाभांश पारित
New Office

काठमाण्डौ । ज्योति क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा पुस २६ गते बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाण्डौको सभाहलमा सम्पन्न भएको हो ।  

उक्त सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

सभाले सेयरधनीहरुलाई चुक्तापूँजीको ३.१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यस्तै सभाले आव २०८१/८२ को लागि पीएलआरजी एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्स्लाई क्यापिटलको लेखापरीक्षकमा नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।  

सभाले सञ्चालक समितिबाट नियुक्त भएका दुई जना स्वतन्त्र सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्तापूँजी २१ करोड रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.