IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 05:18:55
IME remit
Global IME Bank Limited

माछापुच्छ्रे बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

Hyundai Nepal
माछापुच्छ्रे बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न
Shivam Cement

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा पुस २८ गते आइतबारका दिन होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको हो ।  

सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिबेदन पारित भएको छ । उक्त साधारण सभाले जय मुकुन्द खनाल,मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेका छ ।  

बैंंक सञ्चालक जय मुकुन्द खनालले स्वागत मन्तव्य राखेको उक्त सभामा अर्का सञ्चालक मुकुन्द महतले जिपि राजबहाक एण्ड कम्पनीलाई पुनःलेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गरेकोमा उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

उक्त साधारण सभामा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले प्रविधिको विकास संगसंगै यसमा देखा परेका चुनौतीहरुलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न नयाँ–नयाँ प्रविधिहरुलाई आत्मसात् गर्दै आएको र समग्र देशको आर्थिक स्थितिलाई मजबूत बनाउन यथासक्य योगदान पुर्याउने उद्देश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नविकरणीय उर्जा, सानातथामझौलाउद्योग लगायतका क्षेत्रहरुमाआफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडी बढिरहेको जानकारी गराए ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङमा जोड दिईरहेको र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिहेको बताए ।  

उक्त साधारण सभामा बैंकको संस्थापक सेयरधनी को तर्फबाट पूर्व बन तथा वातावरण मन्त्री डा. विरेन्द्र महतो एंव समाज सेवी प्रेमकुमारी केसीले पनि सहभागिता जनाएका थिए ।  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.