काठमाण्डौ । अघिल्लो दिन बढेको सुनको मूल्य आज पनि सामान्य बढेको छ । आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन भने सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।