सोमबार, श्रावण १८,२०८३ 02:06:56
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:06:56
Bizshala
Global IME Bank Limited

नेपाल क्लियरिङ हाउसको १३ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ हाउसको १३ औं वार्षिक साधारण सभा सम्पन्न
New Office

काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडको आव २०८०/८१ को १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस २८ गते काठमाण्डौमा सम्पन्न भएको साधारण सभाले लेखापरीक्षण प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  

यस पश्चात एनसीएचएलको चुक्तापूँजी  १ अर्ब २६ करोड ८२ लाख ७० हजार ९०० बराबरको हनेछ ।  

साथै, बैठकले अधिकृत पूँजी वृद्धि गरी रु २.२५ अर्ब पुर्याउन स्वीकृत गरेको छ । कम्पनीले पूँजीवृद्धी मार्फत नेशनल पेमेन्ट स्वीच,नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतीका लागि प्रयोग गर्नेछ ।  

आव २०८०/८१ मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या ५४ प्रतिशतले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ६.२ प्रतिशतले वृद्धी भएको छ । उक्त आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल १५६ खर्बबराबरको १२.६ करोड भुक्तानी कारोबारहरु राफसाफ भएको थियो ।

बैठकले कम्पनीको सञ्चालक समितिमा ३ जना सञ्चालकहरु निर्विरोध रुपमा पुनःनिर्वाचित गरेको छ । बाणिज्य बैंकहरुबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा हिमालयन बैंकका उप–प्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी , नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंकका प्रमुख सूचना प्रविधि सृजन मल्ल पुनःनिर्वाचित भएका छन् । एनसीएचएलको सञ्चालक समितिमानेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना,विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्रगरी क्रमशः १–१ जना रहेका छन् । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.