काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णुु कुुमार घिमिरेको अध्यक्षतामा नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैंडाकोट मा पुस २९ गते सम्पन्न भएको हो ।
उक्त सभामा संस्थाका कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले सभा सञ्चालन गरेका थिए भने उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण सेयरधनीहरुलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले स्वागत गरेका थिए ।
साधारण सभाले मुख्यतयाः आर्थिक वर्ष २०८०/८१ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, मर्जर तथा एक्युजिशनसम्बन्धी प्रस्तावहरु र आगामी आर्थिक वर्ष २०८१/८२ को लागि लेखारीक्षकको नियुक्तिसम्बन्धी प्रस्तावहरु पारित गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।