काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५५ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज ४० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।