सोमबार, श्रावण १८,२०८३ 02:05:14
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:05:14
Bizshala
Global IME Bank Limited

छिमेक लघुवित्तको २३ औं वार्षिक साधारण सभा सम्पन्न

छिमेक लघुवित्तको २३ औं वार्षिक साधारण सभा सम्पन्न
New Office

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारण सभा हेटांैडाको होटल सामना प्रालिमा सम्पन्न भएको छ । उक्त सभा पुस २९ गते सोमवार वित्तीय संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।

सो सभामा वित्तीय संस्थाका अध्यक्षबाट संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत भएको थियो । काठमाण्डौको मध्य वानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको वित्तीय संस्थाले हाल सम्ममा ६९ जिल्लामा १९७ वटा शाखा मार्फत कुल ४ लाख २३ हजार ४ सय २७ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ ।

२०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ९४ करोड ४४ लाख १५ हजार ८७९ रुपैंया २५ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । सेयरधनीहरुलाई आव २०८०/८१ को मुनाफावाट ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस सेयर गरि कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय यस साधारण सभाले गरेको छ ।  

त्यसैगरी, संस्थाको चुक्ता पूँजी रु २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार १०० बाट बृद्धि गरि ३ अर्ब २१ करोड ५३ लाख ४५ हजार ८६८ पुर्याउने निर्णय समेत साधारण सभाले गरेको छ ।  

यस अवसरमा यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक निधि तिवारीले संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तब्य राखेका थिए ।  

साथै, वित्तीय संस्थाको सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचनमा आगामी चार वर्षे कार्यकालको लागी कर्ण बहादुर घले र दिलिप राज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.