शनिबार, श्रावण १७,२०८२ 06:59:34
  • शनिबार, श्रावण १७,२०८२ 06:59:34
Global IME Bank Limited

युरोपभन्दा बाहिरका व्यक्तिलाई घरजग्गा खरिदमा शतप्रतिशत कर लगाउने योजनामा स्पेन

Hyundai Nepal
युरोपभन्दा बाहिरका व्यक्तिलाई घरजग्गा खरिदमा शतप्रतिशत कर लगाउने योजनामा स्पेन
Shivam Cement

काठमाण्डौ । स्पेनले युरोपभन्दा बाहिरका व्यक्तिलाई घरजग्गा खरिदमा शतप्रतिशत कर लगाउने भएको छ ।  

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले देशको आवाससम्बन्धी आपतकालिन समस्या समाधान गर्न यो कदम चल्न आवश्यक भएको बताएका छन् । ‘यतिबेला पश्चिमले ठूलो चुनौतीको सामना गरिरहेको छ । समाज धनी जमिनदार र गरिब वर्ग गरि दुई भागमा विभाजित भएको छ ।  

सन् २०२३ मा युरोपेली युनियनभन्दा बाहिरका २७ हजार बासिन्दाले घरजग्गा खरिद गरेको र उनीहरुले आफू बसोवास गर्नका लागि नभई पैसा कमाउनका लागि उक्त घरजग्गा खरिद गरेको पेड्रोले बताए ।  

Muktinath Bikas Bank Limited

उनले कर लागूको स्वीकृतीका लागि संसदमा प्रस्ताव कहिले पेश हुन्छ भन्ने बारे भने केही पनि उल्लेख गरेनन् । तर यस विषयमा विस्तृत अध्ययन गरेर संसदमा पेश गरिने जनाइएको छ ।  

प्रधानमन्त्रीले देशमा आवास किफायती सुधार गर्न सोमबार घोषणा गरेका दर्जनौं योजनाबद्ध उपायहरूमध्ये यो एक हो । घोषणा गरिएका अन्य उपायहरूमा किफायती आवास उपलब्ध गराउने घरधनीहरूलाई कर छुट, नयाँ सार्वजनिक आवास निकायमा ३,००० भन्दा बढी घरहरू हस्तान्तरण गर्ने, र पर्यटक फ्ल्याटहरूमा कडा नियमन र उच्च करहरू समावेश छन्।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.