सोमबार, श्रावण १८,२०८३ 02:03:04
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:03:04
Bizshala
Global IME Bank Limited

सिद्धार्थ बैंकको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

सिद्धार्थ बैंकको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
New Office

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले गत आवका लागि घोषणा गरेको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । बैंकले पुस २८ गते २८ गते सम्पन्न भएको २३ औं वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत नगद लाभांश (कर समेत) बुक क्लोज बन्द हुँदाका बखत अभौतिक रुपमा सेयर धारण गरेका हितग्राही खातामा अद्यावधिक गरिएको बैंक खातामा पुस २८ गतेदेखि नै जम्मा गरेको हो ।  

साथै, हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाई आफ्नो निक्षेप सदस्यकोमा सम्पर्क गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । यसैगरी, भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हकमा पनि सेयर अभौतिकीकरण भए पश्चात् स्वतः बैंक खातामा जम्मा गरिने हुँदा आफ्नो सेयर अभौतिकीकरण गराउनु बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलले आग्रह गरेको छ ।  

साथै, उक्त सेयर पुस १३ गतेसम्ममा धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भए पश्चात् मात्र बैंक खातामा जम्मा गरिने र सो मिति पश्चात् कर्जा चुक्ता भुक्तानी गरेका सेयरधनीहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भए पश्चात् मात्र बैंक खातामा नगद लाभांश रकम जम्मा गरिने जनाइएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.