सोमबार, असार २,२०८२ 03:21:54
  • सोमबार, असार २,२०८२ 03:21:54
Global IME Bank Limited

भूगोल इनर्जी १.१४ करोड घाटामा,विद्युत बिक्री आम्दानी ११६.२१% ले वृद्धि

Hyundai Nepal
भूगोल इनर्जी १.१४ करोड घाटामा,विद्युत बिक्री आम्दानी ११६.२१% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आव २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

 जसअनुसार कम्पनी यो अवधिसम्म १ करोड १४ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी ३ करोड ९९ लाख रुपैयाँ घाटामा थियो । विद्युत बिक्री आम्दानीमा भएको वृद्धिका कारण कम्पनीले घाटा कम गर्न सफल भएको हो ।  

कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ३ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ११६.२१ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी १ करोड ७१ लाख रुपैयाँ थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको साधारण तथा प्रशासनिक खर्च ५८ लाख ६५ हजार र वित्तीय खर्च ३ करोड ५ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार भने अझै ऋणात्मक अवस्थामा छ । रिजर्भको आकार २१ करोड ६८ लाख रुपैयाँले ऋणात्मक छ । गत आवको सोहि अवधिसम्म पनि कम्पनीको रिजर्भ १४ करोड २२ लाख रुपैयाँले ऋणात्मक नै थियो । 

५ लाख ७ हजार रुपैयाँ नगद मौज्जाद रहेको कम्पनीको अल्पकालिन ऋण २० लाख रुपैयाँ र दीर्घकालिन ऋण ५३ करोड १५ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति २६ करोड ५५ लाख रुपैयाँ र कुल चालु दायित्व ५ करोड ५१ लाख रुपैयाँ छ ।  

कम्पनीको प्रतिसेयर नेटवर्थ(त्रैमासिक) २.११ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ६०.१४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ९८.७७ गुणा ऋणात्मक र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६७.९७ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.