सोमबार, श्रावण १८,२०८३ 02:23:32
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:23:32
Bizshala
Global IME Bank Limited

भूगोल इनर्जी १.१४ करोड घाटामा,विद्युत बिक्री आम्दानी ११६.२१% ले वृद्धि

भूगोल इनर्जी १.१४ करोड घाटामा,विद्युत बिक्री आम्दानी ११६.२१% ले वृद्धि
New Office

काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आव २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

 जसअनुसार कम्पनी यो अवधिसम्म १ करोड १४ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी ३ करोड ९९ लाख रुपैयाँ घाटामा थियो । विद्युत बिक्री आम्दानीमा भएको वृद्धिका कारण कम्पनीले घाटा कम गर्न सफल भएको हो ।  

कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ३ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ११६.२१ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी १ करोड ७१ लाख रुपैयाँ थियो ।  

कम्पनीको साधारण तथा प्रशासनिक खर्च ५८ लाख ६५ हजार र वित्तीय खर्च ३ करोड ५ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार भने अझै ऋणात्मक अवस्थामा छ । रिजर्भको आकार २१ करोड ६८ लाख रुपैयाँले ऋणात्मक छ । गत आवको सोहि अवधिसम्म पनि कम्पनीको रिजर्भ १४ करोड २२ लाख रुपैयाँले ऋणात्मक नै थियो । 

५ लाख ७ हजार रुपैयाँ नगद मौज्जाद रहेको कम्पनीको अल्पकालिन ऋण २० लाख रुपैयाँ र दीर्घकालिन ऋण ५३ करोड १५ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति २६ करोड ५५ लाख रुपैयाँ र कुल चालु दायित्व ५ करोड ५१ लाख रुपैयाँ छ ।  

कम्पनीको प्रतिसेयर नेटवर्थ(त्रैमासिक) २.११ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ६०.१४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ९८.७७ गुणा ऋणात्मक र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६७.९७ रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.