काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य १.०६ प्रतिशत अर्थात २८.३९ प्रतिशतले बढेको छ ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६९७ डलर पुगेको छ । डलरको मूल्यमा आएको गिरावट र अमेरिकी मुद्रास्फिती अपेक्षा गरेभन्दा कम देखिएका कारण सुनको मूल्यमा वृद्धि देखिएको हो ।
डलरको मूल्य ०.१ प्रतिशतले घटेको छ । जसका कारण अन्य मुद्रा भएका लगानीकर्ताहरुले सुनमा लगानी बढाएका छन् ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ०.९४ डलरले बढ्दै प्रतिऔंस ३०.६९ डलर कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।