काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले माघ २७ गते आइतबारका दिन गोलबजारमा रहेको होटल पावन मिथिला थालीमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा अन्य कुनै वित्तीय संस्थासँग एकआपसमा गाभ्ने/गाभिने तथा मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनुका साथै कुनै विषयमा थप संशोधन गर्न वा परिवर्तन गर्न नियमनकारी निकायबाट निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समिीतलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ ।
यसैगरी, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्षको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि संस्थाले माघ १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ १७ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन योग्य हुनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।