शनिबार, बैशाख १३,२०८२ 11:04:41
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 11:04:41
IME remit
Global IME Bank Limited

प्राइम कमर्सियल बैंकको नाफामा १४.३४% को कमी, ईपीएस १९.२८ रुपैयाँ

Hyundai Nepal
प्राइम कमर्सियल बैंकको नाफामा १४.३४% को कमी, ईपीएस १९.२८ रुपैयाँ
Nabil Bank Limited

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको खुद ब्याज आम्दानी बढेतापनि खुद नाफा भने घटेको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्ममा १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिका्े तुलनामा १४.३४ प्रतिशतले कम हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब १८ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । खुद ब्याज आम्दानी ३ अर्ब ८७ करोड रुपैयाँबाट बढेर ४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

बैंकको कुल सञ्चालन आम्दानी ४ अर्ब ७७ करोड र सञ्चालन मुनाफा ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । १९ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङमा १ अर्ब ८४ करोड रुपैयाँ र रिजर्भमा १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।  

ग्राहकहरुबाट २ खर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । दोस्रो त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८४ करोड रुपैयाँ र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १४.९८ रुपैयाँ रहेको छ ।  

Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१९.२८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४९६.९७ रुपैयाँ,मूल्य आम्दानी अनुपात १२.८१ गुणा,प्रतिसेयर नेटवर्थ र तरलता अनुपात २६.४३ प्रतिशत रहेको छ । 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.