सोमबार, श्रावण १८,२०८३ 02:24:30
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:24:31
Bizshala
Global IME Bank Limited

डलर कमजोर बन्दा सुनको मूल्य २ महिनाकै उच्च, एकैदिन ४० डलरले बढ्यो

डलर कमजोर बन्दा सुनको मूल्य २ महिनाकै उच्च, एकैदिन ४० डलरले बढ्यो
New Office

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य दुई महिनाकै उच्च कायम भएको छ । डलर कमजोर बन्दा र अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको थालनी गरेसँगै सम्भावित भन्सार शुल्कको जोखिम लगयातका अनिश्चितताका कारण सुनको मूल्यमा उच्च वृद्धि देखिएको हो ।  

आजको कारोबारमा सुनको मूल्य १.४९ प्रतिशतले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य ४०.४१ डलरले बढ्दै प्रतिऔंस २ हजार ७४९ डलरमा कारोबार भईरहेको छ । जुन गत नोभेम्बर ६ पछिकै उच्च हो ।  

यससँगै सुनको मूल्य हालसम्मकै उच्च विन्दुतर्फ उन्मुख भएको छ । गत अक्टोबर महिनामा सुनको मूल्य हालसम्मकै उच्च कायम थियो । त्यसेबला सुनको मूल्य प्रतिऔंस २ हजार ७९०.१५ डलर पुगेको थियो ।  

डलर इन्डेक्स १.२ प्रतिशतले घटेको छ । यो गिरावट दुई साताकै उच्च हो । डलरको मूल्यमा आएको गिरावटका कारण अन्य मुद्रा भएका लगानीकर्ताको लागि सुन खरिद सस्तो पर्न गएका कारण सुनको मूल्य उकालो लागेको छ ।  

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य ०.४० डलरले बढ्दै प्रतिऔंस ३०.८६ डलर पुगेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.