काठमाण्डौ । सुनको मूल्य आज पनि घटेको छ । घरेलु बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ६० हजार ४ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य २ सय रुपैयाँले घटेको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।