सोमबार, श्रावण १८,२०८३ 02:26:29
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:26:29
Bizshala
Global IME Bank Limited

यसरी गर्नुस् ‘संस्थापक सेयरमा’ लगानी, २/४ वर्षमै हुनसक्छ लगानी दोब्बर

यसरी गर्नुस् ‘संस्थापक सेयरमा’ लगानी, २/४ वर्षमै हुनसक्छ लगानी दोब्बर
New Office

काठमाण्डौ । सेयर बजार यस्तो एउटा क्षेत्र हो, जहाँ पैसा कमाउन केही फरक सोच र लगानी आवश्यक पर्छ । त्यसो त पैसा कमाउन जुनसुकै क्षेत्र र पेशामा आफूलाई भिन्न रुपमा प्रस्तुत गर्नै पर्छ । पूँजीबजार पनि एउटा त्यस्तो क्षेत्र हो, जहाँ थोरै मान्छे मात्रै सफल भएका हुन्छन् । पूँजीबजारमा संस्थापक सेयर धनी , सवसाधरण सेयर धनी र अग्राधिकार सेयर धनी गरेर तीन प्रकारका सेयर धनी हुने गर्छन । संस्थापक सेयरधनी भनेको त्यो हो, जसले संस्था स्थापना कालदेखि नै संस्थामा आफ्नो श्रम र लगानी लगाएको हुन्छ ।  

त्यसैगरि, साधारण सेयरधनी भनेको त्यो हो, जसले दोस्रो बजारमा ब्रोकरमार्फत सेयर खरिदबिक्री गर्ने गर्छ । अग्राधिकार सेयरधनी भनेका त्यस्ता सेयरधनी हुन, जसमा संस्थापकहरुले निश्चित लाभांश दिने सर्तमा सेयर दिएका हुन्छन । यस्ता सेयरधनीहरुलाई कम्पनीको सञ्चालकमा जाने तथा भोटिङ अधिकार हुँदैन ।  

संस्थापक सेयरमा किन लगानी गर्ने ?

नेपालमा सेयरको फेस वा पार भ्यालु एक सय रुपैयाँ हुने गर्छ । यसको अर्थ सबै सेयरको वास्तविक मूल्य भनेको एक सय रुपैंया नै हो । अहिले बजारमा बैंक तथा वित्तीय क्षेत्रका केही कम्पनीहरुको सेयर एक सय रुपैंयामा नै पनि पाइरहेको छ । नेप्सेमा सूचिकृत १३ वटा उपसमूहमा पनि संस्थापक सेयर खरिद गर्न जलविद्युत क्षेत्र उत्तम देखिन्छ । यदि राम्रो सञ्चालन भएको खण्डमा र परियोजना समयमा नै सकिएको खण्डमा कम्पनीले उत्पादन गरेका विद्युत बिक्रीको निश्चितता विद्युत प्राधिकरणले गरेको हुन्छ ।  

यसकारण लगानीकर्ताले हाल फेस भ्यालु अर्थात एक सय रुपैंयाँमा गरेको लगानीको प्रतिफल पनि निश्चिता हन्छ । त्यसैगरि, जलविद्युत कम्पनीको सेयर ३ वर्षमा सर्वसाधरणमा परिणत हुने भएको कारण आफूलाई आवश्यक परेको खण्डमा दोस्रो बजारमा शतप्रतिशत सेयर नै पनि बेच्न सकिने हुन्छ ।  

यसकारण खासगरि जलविद्युत कम्पनीको संस्थापक सेयरमा गरिएको सेयर लगानी ३÷४ वर्षमा नै तीन चार गुणासम्म हुन सक्ने सम्भावना रहन्छ । तर यसो भन्दैमा सबै जलविद्युत कम्पनीहरुको संस्थापक सेयरमा आँखा चिम्लेर लगानी गर्नुस् भन्न भने खोजिएको होइन । सेयरमा लगानी गर्नु भन्दा पहिले कम्पनीको सञ्चालकहरु के कस्ता छन ? भन्ने विषय महत्वपूर्ण हुन्छ । यदि उनीहरुको बिगतमा राम्रो प्रोजेक्ट बनाएको अनुभव भएका दक्ष सञ्चालकहरु भएको खण्डमा र एक सय रुपैयाँमा नै सेयर पाइन्छ भने आफूसँग भएको बचतबाट संस्थापक सेयरमा लगानी गर्दा उत्तम हुन्छ । यसको लागि प्रोजेक्ट सकेसम्म सस्तो दरमा सम्पन्न भएको प्रोजेक्ट छान्न उपयुक्त हुन्छ ।  

यस्ता छन संस्थापक सेयर छनौट विधिः

–कोही बिशेषज्ञ तथा अनुसन्धान टोलीले मूल्याँकन तथा बिश्लेषण गरेपछि मात्रै लगानी गर्नुहोस । किनकी यसले तपाँइलाई सही निर्णय लिन सह्योग गर्छ ।

–साथीहरुले भनेकै आधारमा लगानी गर्छु भनेर लगानी नगर्नुहोस । आफ्नै बुझाइ र अनुसन्धानमा निर्णय लिनुहोस ।

–कम्पनीको वित्तीय अवस्था जाँच गर्नुहोस । यसमा कम्पनीको नेटवर्थ, वित्तीय विवरण, कम्पनीको भ्यालिड योजना , उत्पादन तथा बजार निश्चित भएको जस्ता विषय हेर्नुपर्छ ।  

–जलविद्युत परियोजनमा विशेष ध्यान दिनुहोस । जसमा प्रतिमेगावट लागत १५ देखि २० करोड मात्रै भएको , प्रतिमेगावाट आम्दानी ४ करोड भन्दा बढी भएको , पे ब्याक पिरेड कम भएको र विशेषज्ञसँगको सल्लाहामा लगानी गर्नुहोस ।

–आफ्नो लगानी क्षमता अनुसार लगानी गर्नुहोस ।

–बैधानिक प्रक्रिया अपनाउनुहोस् । जसमा ब्याक्गित रुपमा सेयर खरिद गर्दा कम्पनीसंग सिधै सम्पर्क गरेर खरिद गर्नुहोस ।  

–जोखिम न्यूनिकरण हुने गरि लगानी विविधिकरण अनुसार लगानी गर्नुहोस । एउटै प्रोजेक्टमा मात्रै ठुलो लगानी नगर्नुहोस ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.