सोमबार, श्रावण १८,२०८३ 02:01:33
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:01:33
Bizshala
Global IME Bank Limited

अमेरिकी केन्द्रीय बैंकले लत्यायो ट्रम्पको माग, ब्याजदर स्थिर राख्ने निर्णय

अमेरिकी केन्द्रीय बैंकले लत्यायो ट्रम्पको माग, ब्याजदर स्थिर राख्ने निर्णय
New Office

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक,फेडरल रिजर्भ(फेड)ले ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । ब्याजदर थप घटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको मागलाई बेवास्ता गर्दै फेडले तीनवटा बैठकपश्चात ब्याजदरमा कुनै पनि परिवर्तन नगर्ने निर्णय गरेको हो ।  

फेडले राष्ट्रपतिको रुपमा कार्यभार सम्हाल्नु केही महिना अघि भने ब्याजदरमा कटौती गरेको थियो । ट्रम्पले ब्याजदर स्थिर राख्ने फेडको निर्णयको विरोध गरेका छन् । ट्रम्पले मुद्रास्फितीसँगै फेडले सुरु गरेको समस्या अन्त्य गर्न केन्द्रीय बैंक असफल भएको बताएका छन् । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा जेरोमी पावेललाई फेडको अध्यक्ष चयन गरेका थिए ।  

यस्तै ट्रम्पले बैंकहरुको नियमनको विषयमा फेटले एकदमै गलत काम गरेको समेत आरोप लगाएका छन् । उनले यसको सम्पूर्ण जिम्मेवारी ट्रेजरी डिपाट्मेन्टले लिनु पर्ने समेत बताएका छन् । यद्यपी ट्रम्पले लामो समयदेखि बैंकिङ नियमन गरिरहेको फेडलाई यो जिम्मेवारीबाट कानूनी रुपमा मुक्त गर्न सक्षम हुन्छन् वा हुँदैनन् भन्ने विषयमा स्पष्टता नरहेको जनाइएको छ ।  

फेड अध्यक्ष जेरोमी पावेलले भने ट्रम्पको अभिव्यक्ति प्रति कुनै पनि टिप्पणी दिन अस्विकार गरेका छन् । उनले यस्तो गर्न आफ्नो पदीय मर्यादाले नदिने बताएका छन् ।  

यद्यपी पावेलले फेडको स्वायत्तताको विषयमा भने वकालत गरेका छन् ।  

बुधबारको पत्रकार सम्मेलनका क्रममा पावेलले आप्रवासी कामदारको न्यून आगमनका कारण पछिल्लो समय अमेरिकामा बेरोजगारी दरमा कमी आएको बताए । यद्यपी रोजगारी सिर्जनामा भने केही सुस्तता आएको समेत उनले बताए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.