काठमाण्डौ । बिहिबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।
यससँगै सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ६० हजार ६ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढेको थियो ।
आज चाँदीको भाउ भने बढेको छ । चाँदीको मूल्य आज तोलामा ३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।