काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेको छ ।
यो वृद्धिसँगै आज सुनको मूल्य १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन एक तोला सुनको मूल्य १ लाख ६२ हजार ८ सय रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज प्रतितोला ३५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १ हजार ९३० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।