काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक राजिव प्रसाद प्याकुरेलको राजीनामा स्वीकृत भएको छ । माघ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्याकुरेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनले आफ्नो व्यक्तिगत कारण देखाउदै राजीनामा दिएका थिए । उनी कम्पनीमा सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालन समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।