सोमबार, श्रावण १८,२०८३ 02:25:56
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:25:56
Bizshala
Global IME Bank Limited

१४% बोनस सेयरका लागि हिमालयन लाइफको सेयरमूल्य समायोजन

१४% बोनस सेयरका लागि हिमालयन लाइफको सेयरमूल्य समायोजन
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले आव २०७९/८० का लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४२८.७७ रुपैयाँ कायम भएको छ । आइतबारको कारोबारबाट यहि मूल्यमा आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । समायोजअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४८८.८० रुपैयाँ कायम थियो ।

कम्पनीले आव २०७९/८० का लागि १४ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । कम्पनीले लाभांश पारितको मुख्य अजेण्डासहित फागुन ११ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा बिहान साढे १० बजेदेखि साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.