सोमबार, श्रावण १८,२०८३ 02:25:26
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:25:26
Bizshala
Global IME Bank Limited

महानगरले फागुन ७ देखि हाँडीगाउँ क्षेत्रका विभिन्न सडकलाई एकतर्फी बनाउदै

महानगरले फागुन ७ देखि हाँडीगाउँ क्षेत्रका विभिन्न सडकलाई एकतर्फी बनाउदै
New Office

काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाले यातायात आवागमनलाई चुस्त बनाउन हाँडीगाउँ क्षेत्रका विभिन्न सडकलाई एकतर्फी बनाएको छ । यस क्षेत्रको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले वडा नं ५ अन्तर्गतका हाँडीगाउँ क्षेत्रका सडक फागुन ७ गतेदेखि एकतर्फी सञ्चालन गर्ने तयारी गरेको हो ।  

यससागै अब हाँडीगाउँको थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग–हाँडीगाउँ मार्गतर्फ मात्रै प्रवेश गर्न मिल्ने भएको छ ।  

यस्तै, विशालनगर तर्फबाट आउने सवारीसाधनलाई भीमसेन मार्ग हुँदै वडा नं ५ को कार्यालयतर्फ जान पाउने छैनन् । यो क्षेत्रबाट आउने सवारी साधनलाई हात्ती महांकाल तर्फ मात्रै जान मिल्ने बनाइएको छ ।  

यसैगरी महानगरले हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ प्रवेश गर्न समेत रोक लगाउदै यो बाटो हुँदै आउने सवारीसाधनलाई थटु मार्गतर्फ पठाइने तयारी गरेको छ। नक्साल भाटभटेनी तर्फबाट आउने सवारीसाधनलाई पनि वडा नं ५ को कार्यालयबाट थटु मार्गतर्फ जान रोक लगाई भीमसेन मार्गतर्फ पठाउने तयारी गर्दै ढुंगेधाराबाट हात्ती महांकालतर्फ र वडा नं ५ कार्यालयको दक्षिणबाट गहना पोखरीतर्फ जान पनि निषेध लगाइएको छ ।  

महानगरले टंगालबाट सवारीसाधन प्रवेशमा रोक लगाइ बाल मन्दिरबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिरतर्फबाट मात्रै प्रवेश गर्न पाइनेछ व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.