काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य प्र्रतितोला ५ सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भएको हो ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।