काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा डा.भेषप्रसाद धमला चयन भएका छन् । संस्थाको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकबाट धमला स्र्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भएका हुन् ।
यसका साथै सोहि दिन सम्पन्न संस्थाको १७ औं वार्षिक साधारण सभाबाट दुईजना सञ्चालक निर्वाचित भएका छन् । निर्वाचित हुने नव सञ्चालकमा डा.भेषराज धमला र सुरेन्द्रराज भट्टराई रहेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।