काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको सिलिङ साढे १८ खर्बको हुने अनुमान गरिएको छ ।
राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयमा पेश गरेको ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ मा आगामी आवको बजेटको सिलिङ १८ खर्ब ६० अर्बको हुने अनुमान गरिएको छ ।
प्रतिवेदनअनुसार साढे १८ खर्बको बजेट बनाइएकोमा मध्यावधि समिक्षामार्फत १६ खर्ब ९२ अर्ब मात्रै खर्च हुने अनुमान गरिएको छ । जसमा करिब १२ प्रतिशत बृद्धि हुने गरी योजना आयोगले स्रोतको अनुमान गरेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।