सोमबार, श्रावण १८,२०८३ 02:07:12
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:07:12
Bizshala
Global IME Bank Limited

सीएनआई र पीआरआईबीच उद्योग, सेवा सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने समझदारी

सीएनआई र पीआरआईबीच उद्योग, सेवा सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने समझदारी
New Office

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) र नीति अनुसन्धान प्रतिष्ठान (पीआरआई) बीच नीतिगत विषयमा सहकार्य गर्ने समझदारी भएको छ । नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिदै आएको प्रतिष्ठान र उत्पादनमुलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्था परिसंघबीच उद्योग, सेवा र सम्बद्ध सबै क्षेत्रका सार्वजनिक नीति सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने गरी समझदारी भएको हो ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको उपस्थितीमा बिहिबार परिसंघ सचिवालयमा आयोजित हस्ताक्षर कार्यक्रममा प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्राडा. लेखनाथ शर्मा र परिसंघको तर्फबाट महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरे ।  

सो अवसरमा अध्यक्ष अग्रवालले परिसंघले नेपाल सरकारलाई अनुसन्धानमा आधारित रहेर नीतिगत सुझाव दिदै आएकोमा अब प्रतिष्ठानसँगको समझदारीले सो कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उनले प्रतिष्ठान र परिसंघको सहकार्यले सरकारलाई स्पष्ट एवं प्रभावकारी नीतिगत सुझाव दिन सफल हुने र त्यसले समग्र अर्थतन्त्रको विकासलाई सहयोग गर्ने बताए । परिसंघले ‘रिसर्च सेल’ स्थापना गरी कुनै पनि नीतिगत सुझाव दिदाँ अनुसन्धानमा आधारित रहेर दिदै आएको छ ।  

प्रतिष्ठानका कार्यकारी अध्यक्ष शर्माले निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था परिसंघसँगको सहकार्यले विषयगत अनुसन्धानका लागि सहकार्यको संस्कृतिलाई बलियो बनाएको बताए । उनले प्रतिष्ठानले अनुसन्धानमा आधारित रहरै सरकारलाई सुझाव दिदै आएकाले परिसंघसँगको सहकार्यले यस कार्यलाई थप बलियो एवं प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

सो अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, प्रतिष्ठानका प्रवक्ता डा. दिपक कुमार खड्कालगायत सहभागी थिए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.