मंगलवार, श्रावण १३,२०८२ 08:45:13
  • मंगलवार, श्रावण १३,२०८२ 08:45:13
Global IME Bank Limited

राष्ट्र बैंकद्वारा रु.१ र २ का सिक्का सटही गर्न सकिने व्यवस्था

Hyundai Nepal
राष्ट्र बैंकद्वारा रु.१ र २ का सिक्का सटही गर्न सकिने व्यवस्था
Shivam Cement

काठमाण्डौ । नोपल राष्ट्र बैंकले हाल चलनचल्तीमा रहेका रु.१ र रु.२ का सिक्का सटही गर्न सकिने व्यवस्था गरेको छ । राष्ट्र टक्सार महाशाखाबाट रु.१ र २ का सिक्का सटही गर्न सकिने व्यवस्था गरिएको हो ।  

आफूसँग भएका चलनचल्तीमा रहेका रु. १ र रु.२ का कम्तीमा रु.१०० बराबरका सिक्का राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट सटही गरी सो बापतको रकम प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । सटही बापतको रकम नगद, आइपिएस वा चेकमार्फत भुक्तानी दिइनेछ । 

यदि कुल रकम रु. २०हजार वा सोभन्दा माथिको सिक्का सटही गर्नुपर्ने भएमा टक्सार महाशाखा बबरमहलको फोन नम्बरः ०१–४१०२१८४ फोन नम्बरमा सम्पर्क गरी पूर्व जानकारी दिई महाशाखाबाट तोकिएको मिति तथा समयमा सिक्का सटही गर्नुपर्नेछ ।

Muktinath Bikas Bank Limited

राष्ट्र बैंकका अनुसार सटहीको लागि महाशाखामा ल्याइने सिक्का सफा र डिजाइन प्रष्ट देखिने हुनुपर्दछ । डिजाइन मेटिएको, कोरिएको, विकृत सिक्का सटही गर्न इन्कार गर्न सकिनेछ ।

महाशाखाबाट चलनचल्तीमा रहेका रु. १ र रु. २ का सिक्काबाहेक अन्य सिक्का, स्मारिका सिक्का, असर्फी, मेडालियन आदिको सटही हुने छैन । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.